Public Pana
चार सदस्यीय कार्यदल गठन, हरेक ६-६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन हुने

समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा कार्यदलमा सदस्य छन्।

 यस कार्यदलले मोर्चाको नीति र आचारसंहिता तय गर्ने उपाध्यक्ष पाण्डेले बताए। मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए। 

मोर्चाको अध्यक्षमा ६-६ महिनामा परिवर्तन गर्नेबारे पनि छलफल भएको उपाध्यक्ष पाण्डेले बताए। कसले कहिले अध्यक्षता गर्ने भन्ने विषयमा असार २७ गते बस्ने बैठकले टुंगो लगाउने तयारी छ। 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update