Public Pana
नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिनुभयो ।

पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update