Public Pana
सन्दीपमाथी बलत्कार आरोप लगाउने नाबालिग नभएको वकीलको दाबी

सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको र योजनाबद्ध रुपमा प्रतिष्ठित व्यक्तीलाई फसाइएको उनका वकिलले दाबी गरेका छन्।

सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

सिलसिलाबद्ध रूपमा फसाउन खोजिएको दावी  गर्दै  रिजालले भनिन‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ,  नाबिालिग भनिएकीसँग दुई ओटा जन्मदर्ताको प्रमाणपत्र रहेको सूचाना पाएको भन्दै त्यसलाई छिट्टै प्रमाणको रुपमा  रुपमा पेश गर्ने समेत उनले बताएकी छन् । 

त्यसअघि बयानका क्रममा समेत सन्दीपले जाहेरवाला नाबालिग नभएको न्यायीधीशलाई बताएका थिए । 
लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

बयानका क्रममा सन्दीपले आफु निर्दाेष रहेको न्यायाधीश समक्ष बताएका थिए ।  सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे समेत चासो राखेको उनका काननु व्यवसायी सरोजकृष्ण घिमिरेले बताए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update