Public Pana
एमालेद्वारा लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

गत बुधबारदेखि लगातार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । 

शुक्रबार राष्ट्रिय बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । यसअघि बुधबार र बिहीबार पनि अवरुद्ध गरिएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले आउँदो आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update