Public Pana
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update