Public Pana
एलओडीका सञ्चालक रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ

काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् ।

नाबालिगलाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो । 

ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । 

गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update