Public Pana
नर्भिक आइभिएफले भारी छुटसहित एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्प गर्दै

 नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको

नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखी श्रावण २५ गतेसम्म स्त्री रोग सँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो

उक्त सर्जरी क्याम्पमा  नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवं उपचार गर्नेछ Camp norvic1688627038.jpg

सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेशन, पाठेघरको ट्युमर, शिष्ट लगायत पाठेघरको कुनैपनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरु समेटिएको नर्भिक हस्पिटलका सिइओ अजय मिश्राले जानकारी दिनुभयो

कुनैपनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यस सँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने नर्भिक हस्पिटलकी बरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले बताउनुभयो

नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने बिशेष सर्जरी प्याकेज संचालन गर्न लागिएको सिइओ मिश्राले बताउनुभयो

यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रीम रुपमा नाम दर्ता गराउनुपर्ने अस्पताले जनाएको नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्वर ०१५९७००३२ मा सम्पर्क गर्न सकिनेछ

सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरुलाई ओपिडी शुल्क निशुल्क गरिएको भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैशा लाग्ने छैन

विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा.शर्मासँग निशुल्क परामर्श गराई आफ्नो सुविधा अनुसार दुरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्नेछ दुरबिन प्रविधिबाट गरिने अप्रेशन बिरामीका लागि निकै सुविधायुक्त फाइदाजनक मान्ने गरिन्छ

अस्पतालको बसाई कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुने लगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकहरुको भनाई

 

        

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update