Public Pana
अभिव्यक्तिका कारण राजीनामा दिनु पर्दैनः गठबन्धन

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालेको छ ।
बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसंगमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निस्कर्ष गठबन्धनको रहेको बताउनु भयो ।

उहाँले बैठकमा गठबन्धनका दलहरुको छलफलबाट राजीनामा दिनु नपर्ने निस्कर्ष निकालिएको बताउनु भयो । त्यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने  गरी प्रश्ताव पेस गर्न संघबाट निर्देशन दिइएको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज ५ बजेसम्ममा उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउनेगरी प्रश्ताव पेस गर्ने ।
मिटरब्याजबिरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास गर्ने । 
प्रधानमन्त्रीका बिरुद्ध उहाँले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्यो भनने किसिमका कुरालाई लिएर संसदमा अवराध गरेको, अवरोध मात्रै होइन, सम्माननीय प्रधानमन्त्रीको त राजीनामा नै माग्ने निर्णय संसदीय दलको निर्णयबाट गरेको भन्ने कुरा आयो, प्रमुख प्रतिपक्ष दलले, एउटा त उहाँहरुले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरालाई कसैलाई आपत्ति भयो भने संसदमा आवाज उठाउन पाइन्छ । र उहाँहरुले भन्नुपर्छ, प्रधानमन्त्रीज्यु तपाईले के बोलेको हो । हामी सांसदले प्रधानमन्त्री बनाउने हो, नेपालको संसदले प्रधानमन्त्री बनाउने हो की तपाईलाई भारत, चीन कसले बनाइदिने हो भनेर सोध्नुपर्ने हो । तर उहाँहरुले हतारमा प्रधानमन्त्रीको पनि कुरै नसुनिकन कुन सन्दर्भमा के कुरा गर्नुभएको थियो भन्नेकुरा नसुनी राजीनामा माग गर्ने निर्णय भएको छ, हामी गठबन्धन दलका सबै बसेर छलफल गरेर राजीनामा दिनु नपर्ने निर्णय गरेका छौँ । र संसद फेस गर्ने निर्णय गरेका छौँ ।’

उपाध्यक्ष पाण्डेले बैठकले मिटरब्याजबिरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास निर्णय भएकोसमेत बताउनु भयो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update