Public Pana
कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने निर्णय गरेको छ । 

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताए । 

‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उनले भने, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update