Public Pana
राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै

राष्ट्रियसभा बैठक बस्दैँछ । 
 
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । 
 
हिजो दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो । 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् । 
 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update