Public Pana
सरकारको आन्तरिक श्रोतले चालु खर्च धान्नै मुश्किल : राजश्वसचिव घिमिरे

अर्थ मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले सरकारको आन्तरिक श्रोतले चालु खर्च धान्न समेत धौ—धौ परिरहेको बताउनुभएको छ । 
मंगलवार अर्थ समितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पेन्सन, सामाजिक सुरक्षा, निजामति÷शिक्षक÷सुरक्षाकर्मी÷स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौति बनेको बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा आन्तरिक ऋणको सावाँ तथा व्याज भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रसायनिक मल खरिदमा ७ अर्ब, कर्मचारी÷शिक्षक÷स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको वृद्धि भएको तलव भत्तामा ३० अर्ब, सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट व्यवस्था गर्नुपरेको जानकारी दिनुभयो । राजश्वसचिव घिमिरेले चालु खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनः प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको उल्लेख गर्नुभयो ।

उहाँले सुरक्षाबन्दीको रासन र कैदीबन्दीको सिदाका लागि २ अर्ब थप श्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । सचिव घिमिरेले चालु आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोतमा राजश्वतर्फ राजश्व १२ खर्ब ४० अर्ब, अनुदान प्राप्ति ५५ अर्ब र वैदेशिक  ऋण २ खर्ब ४२ अर्ब र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रहेको पनि बताउनु भयो ।

उहाँले २०८० असार १७ गतेसम्म कुल संघीय सरकारको खर्च १२ खर्ब ५४ अर्ब भएकोमा चालु खर्च ९ खर्ब, पुँजीगततर्फ १ खर्ब ६८ अर्ब र वित्तीयतर्फ १ खर्ब ५५ अर्ब खर्च भएकोमा लक्ष्यको तुलनामा ७० प्रतिशत खर्च भएको अवस्था रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा कुल बजेट १७ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब रहेको छ । चालु खर्चभित्र प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने ४ खर्ब २९ अर्ब रहेको छ । 
चालु आर्थिक वर्षको खर्च व्यहोर्ने श्रोतमा राजश्वतर्फ राजश्व १२ खर्ब ४० अर्ब अनुदान प्राप्ति ५५ अर्ब र वैदेशिक  ऋण २ खर्ब ४२ अर्ब र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रहेको छ । 
२०८० असार १७ गतेसम्म कुल संघीय सरकारको खर्च १२ खर्ब ५४ अर्ब भएकोमा चालु खर्च ९ खर्ब, पुँजीगततर्फ १ खर्ब ६८ अर्ब र वित्तीयतर्फ १ खर्ब ५५ अर्ब खर्च भएकोमा लक्ष्यको तुलनामा ७० प्रतिशत खर्च भएको अवस्था छ । 
चालु आर्थिक वृद्धि राजश्व असुलीको दर भन्दा बढी रहेको र वर्षेनी १० खर्ब भन्दा बढी अनिवार्य दायित्वमा खर्च हुने गरेकाले आन्तरिक श्रोतले चालु खर्च धान्न समेत धौ धौ परिरहेको छ । पेन्सन, सामाजिक सुरक्षा, निजामति÷शिक्षक÷सुरक्षाकर्मी÷स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौति रहेको छ । 

चालु आर्थिक वर्षमा आन्तरिक ऋणको सावाँ तथा व्याज भुक्तानीमा ४३ अर्ब रुपैयाँ, रसायनिक मल खरिदमा ७ अर्ब, कर्मचारी÷शिक्षक÷स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको वृद्धि भएको तलव भत्तामा ३० अर्ब, सामाजिक सुरक्षा भत्तामा ६ अर्ब थप बजेट व्यवस्था गर्नुपरेको छ । 
चालु खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चलाई पुनः प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको छ । 
सुरक्षाबन्दीको रासन र कैदीबन्दीको सिदाका लागि २ अर्ब थप श्रोत व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’

राजश्व सचिव घिमिरेले वार्षिक राजश्व लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ रहेकोमा २०८० जेठ मसान्तसम्म ८ खर्ब ७५ अर्ब ५९ करोड, उठेको बताउनु भयो । यो भनेको वार्षिक लक्ष्यको ६२.४० प्रतिशत मात्र हो । सचिव घिमिरेले वार्षिक लक्ष्यअनुसार राजश्व संकलन हुन बाँकी रकम ५ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ रहेको बताउनु भयो । यो भनेको गत वर्षको तुलनामा ११.१६ प्रतिशतले कमी हो । 

उहाँले आयात परिणाम घट्दा भन्सारबाट राजश्व संकलनमा कमी आएको बताउनु भयो । उहाँले आन्तरिक उत्पादन÷व्यापार घट्न गइ आन्तरिक राजश्व अपेक्षित बढ्न नसकेको पनि बताउनु भयो । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update