Public Pana
राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।  

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गर्नु भएको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update