Public Pana
घट्यो पेट्रोलियम पदार्थको मूल्य

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।​

सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।IMG_00121688398981.jpeg

त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update