Public Pana
गठबन्धनको बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी गराउनेदेखि कोशी प्रदेशमा सरकार गठनको विषयसम्ममा पनि छलफल हुनेछ । 
 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update