Public Pana
श्री एयरको जहाजमा फेरी समस्या देखियो, धनगढी उडेको बिमान फर्कएर काठमाण्डौमा अवतरण गराइयो

प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ ।एक साता अघि पनि काठमाण्डौबाट धनगढी उडेको श्रीको जहाजमा समस्या आएपछि बिच बाटोबाटै फर्किएको थियो । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update