Public Pana
बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता


भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन् । 
राईले आज दिउँसो मनोनय पत्र दर्ता गराएका हुन । यसअघि २०७४ सालमा बाँकेबाट निर्वाचित राई जिल्लामा बिकासप्रेमी नेताका रुपमा चिनिन्छन् । 
पछिल्लो ५ बर्षे कार्यकालमा राईले दुई ओटा बिकासे मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाए । हाल भौतिक मन्त्री रहेका राई यसअघि शहरी बिकास मन्त्री भएका थिए । 
बाँके क्षेत्र नं २ बाट राप्रपाका धवल शम्शेर राणाले समेत प्रतिनिधी सभा सदस्यका लागि उम्मेद्वारी दिदै छन् । 
बाँकेमा राईको प्रतिस्पर्धीको रुपमा राणालाई हेरिएको छ । 
यसैगरी नेपाली कंग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बाँके क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update