Public Pana
म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम अझै सुरु गर्न नसकिएको छैन । सडक अवरुद्ध भएसँगै सवारीसाधन र यात्रु लस्तीमा रोकिएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन्।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update