Public Pana
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे

 चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । 

गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् । 


नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update