Public Pana
विनियोजन विधेयक २०८० बहुमतले पारित

 विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 
बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए । 

budget 011685361938.jpg
गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update