Public Pana
६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन् ।
 

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा  उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् । 
 
यसअवधिमा दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उनले लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताए । 
 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update