Public Pana
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार शाहलाई पक्राउ परेको हो ।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  । 

सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update