Public Pana
भाटभटेनी ग्रुपका मालिक मीनबहादुर गुरुङ घरबाटै पक्राउ

ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

२०७७ माघमा  सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई बिशेष अदालतले २ करोड धरौटीमा रिहा गरेको थियो ।  

कीर्ते मुद्दामा अनुसन्धान दायरामा तानिएका गुरुङलाई सीआईबीले थप अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।गुरुङसँगै उक्त प्रकरणमा मुछिएका अन्य ५ जना पनि पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । 

माओवादीका उच्च तहका नेताहरुसँग राम्रो सम्बन्ध बनाएका गुरुङ माओवादी नेतृत्वकै सरकार भएका बेला पक्राउ परेका हुन। 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update