Public Pana
राष्ट्रपति पौडेलको अवस्था सामान्य बन्दै

मुटुको समस्या आएर उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्थामा सामान्य बन्दै गइरहेको चिकित्कहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि  शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् । 

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । 

‘यस सेन्टरमा असार २ गतेदेखि उपचाररत् सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आवश्यक नियमित परीक्षण तथा चिकित्सकीय निगरानी भइरहेको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक गजुरेलले सोमबार दिउँसो सवा १२ सम्मको स्वास्थ्य अवस्थाबारे जाकनारी दिन जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रपति पौडेल मुटु रोगबाट पीडित छन् । केही साताअघि उनको  एन्जियोप्लाष्टिक गरिएको थियो । ५ असारमा राष्ट्रपति पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको कार्यकारी निर्देशक . गजुरेलले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update