Public Pana
प्रधानमन्त्री देउवाले  डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् ।

उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् । 
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् ।

प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update