Public Pana
पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी दिन माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोलीले जलहरीको तौल र सुन भए नभएकोबारे अनुसन्धान गर्न भन्दै पशुपतिनाथ पुगेको थियो । 

सोही प्रसङ्गलाई लिएर सोमबार संसद बैठकमा सांसद पौडेलले भने, ‘भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ ।

कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्)मा सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’ 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update