Public Pana
उच्चपदस्थ व्यक्तिहरुको सुविधामा कटौती गरौँः सांसद झा

जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताउनुभएको छ । 
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रिय सभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताउनुभएको हो ।

त्यसको लागि संविधान संशोधन गर्न उहाँले माग गर्नुभयो । उहाँले संवैधानिक पद तथा राज्यका उच्च पदस्थ व्यक्तिहरुले लिने गरेको सेवा सुविधाको पनि कटौती गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाउँ र राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई दिउँ । संविधानमा संशोधन गरौँ । त्यो बाहेकको उपाय केही देखिन मैले ।

उपराष्ट्रपति, राष्ट्रपति लगायतका जति सम्माननीय पदहरु छ, पाँचवटा सम्माननीय पद जब पदबाट रिटायर्ड हुन्छ । त्यसपछिको सुविधा देख्दा मलाई अचम्म लाग्छ । त्यो सुविधा हटाऔँ ।’
उहाँले सरकारले समाजमा रहेका असन्तुष्टिहरुलाई न्यूनिकरण गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले बजेट विनियोजनमा सुशासनको अभाव देखेको बताउनु भयो ।

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update