Public Pana

दुबईमा आयोजना हुने ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट प्रतियोगीका रुपमा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी सहभागी हुने भएका छन् ।

अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन विधाका लागि फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छिन् ।

असार २० (५ जुलाई)मा आयोजना हुने उक्त अवार्डमा नेपाली टोली ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनबढी देशका प्रतिनिधिको सहभागीता रहनेछ ।

ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को बिभिन्न बिधामा नेपालको प्रतिनिधित्व हुन नेपालको लागि गौरवको बिषय भएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update