Public Pana
जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ ।

बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update