अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी
बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।
साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् ।
उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १०:२०
प्रतिक्रिया दिनुहोस्