Public Pana
ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु

ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ । 
 
चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।
 
यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप बिबरण आउन बाँकी छ। 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update