Public Pana
गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा  प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।
 
राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।
 
बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएकाे छ । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडी पुगे पछि सो जीप दुर्घटनामा परेको थियो ।
 
मृतककाे पहिचान खुल्न बाँकी छ ।  विस्तृत  विवरण अाउन बाँकी रहेकाे छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update