Public Pana
वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

 जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबारको खेलमा नेपाललाई वेष्ट इण्डिजले ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३४० रनको विशाल लक्ष्य पाएको हो । नेपालका लागि ललित राजवंशीले ३, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी समान एक एक विकेट लिए । 

टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन जोडेको हो । नेपालले केहीबेरमै जवाफी ब्याटिङ गर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update