Public Pana
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे

जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्देछ । 

हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

समूह ‘ए’ मा रहेका नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।

वेष्ट इन्डिजले खेलेको एकमात्र खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । सुपर सिक्सको सम्भावना बलियो पार्न नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ । 

नेपालले आज पहिलो पटक एक दिवसीय विश्वकप क्रिकेट बिजेतासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update