Public Pana
धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँः  माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदुतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गर्नुभएको छ । 
बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धेरै नेपालीहरु बसोवास गर्ने देशका शहरहरुमा अवैतनिक राजदुतका माध्यमबाट समयमा नै राहदानी नविकरण गर्नुपर्ने बताउनु भयो । उहाँले कतिपय देशका दुतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने बताउनु भयो । उहाँले सरकारले सिमित समसभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखि समयमै खरिद गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताउनु भयो । उहाँले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरुले बढाउँदै लैजाने गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाई गर्नसक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेशन ज्यादा हुने गर्दछ । भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्य वृद्धि गर्ने हुन्छ । थाहा छ भने समयमा गर्दा कम पर्छ । समयमा गर्न सकिएन भने भाउ बढाउँछन् । यसमा कत्तिको ध्यान गएको छ ? यसमा कस्ता विसंगति, विकृति देखिए ? बिचौलियाका समस्या होलान् । विचौलियाहरु जनता र कर्मचारीबीच कनेक्शन गर्ने कति छन् ? यसबारेमा के छ ? विभिन्न ठाउँमा स्टाफहरुको कमीका कारणले धेरै समय कुर्नुपर्ने स्थिति रहेको गुनासो छ । नेपालीहरुको उपस्थिति बाक्लो भएको ठाउँमा धेरै कर्मचारी राखेर समयमा नै काम सम्पन्न गरिदिनुपर्छ । एक ठाउँमा दुतावास हुन्छ, शहर र मानिस फरक फरक ठाउँमा छन्, खर्च र समयको कुरा छ । यसलाई सहज बनाउन के गर्ने ? अवैतनिक राजदुतहरुलाई किन दिन नसक्ने ? हामीले उनीहरुसँगबाट पनि राहदानी दिन सकिन्छ ।’

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update