Public Pana
अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।

अमेरिकाका लागि शायान जाहाँगिरले रनको योगदान गरे । उनले ७९ बलमै शतक पूरा गर्दा १० चौका र ३ छक्का हिर्काए । सुशान्त मोदानीले ४२ रन र गजानन्द सिंहले २६ रन बनाए ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update