Public Pana
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना, २ जनाको निधन

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी गाडी दुर्घटना हुँदा २ जनाको निधन भएको छ । दुर्घटनामा मन्त्री सिंह गम्भीर घाइते भएका छन ।

मन्त्री सिंहकी धर्मपत्नी र अर्का एकको निधन भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मन्त्रीसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ । 


डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update