Public Pana
संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ । 

सोही क्रममा पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । 

लुम्बिनी प्रदेशको स्थानमा अंक लेखिएकाले सच्याएर ल्याएमात्र छलफल हुन सक्ने भन्दै एमाले सांसद रघुजी पन्तले बताएपछि बैठक स्थगित गरिएको हो । 
 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update