Public Pana
आइसिसी क्रिकेटः आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ । 
 
आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।  
 
घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो ।
 
सो खेलका जिम्बाबेको राजधानी  हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ वाट सुरु हुनेछ ।  IMG_98791687230145.jpeg

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैँछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । 
पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।
 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update