Public Pana
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल


काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । 

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मर्षाका कारण लुम्बिनी प्रदेशका विभन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा रहेका साना खहरे खोलामा पानीको सतह बढेका कारण दिनभर विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको जिल्लास्थित हाम्रा सहकर्मीहरुले जनाएका छन् । 
 
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले पश्चिम क्षेत्रमा भारी बर्षा भइरहेको हो । गृहमन्त्रालयले भारी बर्षाका कारण बाढी पहिरो आउन सक्ने भन्दै नदी आसपास र राजमार्गमा खहरे खोलाले क्षति पुरयाउन सक्ने भएकाले सर्तकता अपनाउन अपिल गरेको छ । । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ । “उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ” उहाँले रासससँग कुरा गर्दै भन्नुभयो,  “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।”
 
उहाँले यो प्रक्रिया अझै २÷३ दिन रहने जानकारी दिँदै भन्नुुभयो, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ ।” उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update