Public Pana
अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

“बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवनरक्षक अति आवश्यकीय औषधिहरु बजारमा उपलब्ध नभएको जनगुनासो पटकपटक विभागमा आउने गरेकोप्रति विभागको ध्यानाकर्षण भएको छ”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ ।

औषधि अभाव हुन नदिनका लागि के कस्ता प्रकारका औषधिहरु कुन कुन रोगको उपचारमा अभाव भएको छ र सोको जानकारी गर्न गराउनु हुनाका साथै त्यस्ता औषधिको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत विभागमा आधिकारिक पत्र वा इमेलमार्फत सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र सङ्घसंस्थालाई अनुरोध गरिएको उहाँले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update