Public Pana
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती

आईसीसी विश्वकप छनोट खेलमा नेपालले  जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।

नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोड्दा आसिफ शेखले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए । \यस्तै कुशल मल्लले  ४२ बलमा २ चौकाको मद्दतमा ४१ रन र कप्तान रोहित पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन जोडेका थिए । आरिफ शेखले १०, गुल्सन झाले १३ जोडेका हुन् ।

अब केहीबेरमा जिम्बाबेले जवाफी ब्याटिङ गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update