Public Pana
भारतीय टोलीले नेपालभित्र जमिन नाप्यो: नेपालीले सुँईको पनि पाएनन्: सांसद डोलप्रसाद अर्याल

रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधिक टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् । 

१ असारमा भारतीय प्राविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नापजाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update