Public Pana
नेपाल भौतिक विज्ञान समाजको ३९औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइयो

नेपाल भौतिक विज्ञान समाजको ३९औं वार्षिकोत्सव भब्यरुपमा मनाइएको छ। किर्तिपुरस्थित भौतिक शास्त्रको केन्द्रिय क्याम्पस परिसरमा आयोजित बिशेष कार्यक्रममा भौतिकशास्त्रीका साथै  बिज्ञहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा  संस्थाका उपाध्यक्ष डा. लेखनाथ मिश्रले भौतिकशास्त्री बिद्यार्थीहरुले देशकै लागि केही नविनतम काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो । 

संस्थाकी अध्यक्ष प्रा. डा. नीलम श्रेष्ठले गतवर्ष गरिएका काम र आगामी वर्षमा गरिने कामहरूको जानकारी गराउनुभयो। यसै क्रममा नेपाल भौतिक विज्ञान समाजले आगामी सेप्टेम्बरमा अन्तराष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो।352857890_277968768106280_8254928611229162907_n1687015936.jpg

नेपाल विज्ञान तथा प्रविधि संस्थान त्रि.वि.का डिन प्रा. डा. विनिल अर्यालले भौतिक विज्ञानमा घट्दो विद्यार्थीको समस्या औल्याउनुभयो। हाल बि. एस. सी.अन्तिम वर्षमा नेपालभर ३७० जना मात्र विद्यार्थी रहेको र यसै अनुरूप विद्यार्थी रहेमा स्नातकोत्तर सञ्चालन गर्न गाह्रो पर्ने हुँदा विद्यार्थी आकर्षण गर्ने कार्यक्रममा ध्यान दिन आग्रह गर्नुभयो। साथै उहाँले केहि बर्षमै स्नातक तहमा सेमेस्टर प्रणालीमा पठनपाठन सुरु हुने पनी जानाकारी दिनुभयो।

यसै कार्यक्रमका बिच बिभिन्न विधामा पुरस्कार पनि प्रदान गरिएको छ। गत एक वर्षमा नेपालमा पि. एच. डी. सम्पन्न गर्नुहुने १९ जनालाई सम्मान गरिएको थियो।  त्यस्तै देशभरका क्याम्पसबाट छानिएका भौतिक शास्त्रको ओलम्पिकमा भाग लिन जाने २० जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। उक्त २० जनाबाट छानिएका उत्कृष्ट ५ जना जापानमा हुने ओलम्पिकमा भाग लिन जानेछन्।

यसै कार्यक्रममा यस वर्षको प्रा. डा. शंखर प्रसाद प्रधान र सुदक्षिणा प्रधान स्मृति पुरस्कारबाट स्नातकोत्तर छात्रा तर्फकी प्रथम हुने अस्मिता शाहलाई प्रदान गरिएको थियो। यसै पुरस्कार पि. एच. डी. छात्रावृत्तितर्फ विधा थापालाई प्रदान गरिएको थियो। यस्तै प्रा. डा. केदार नाथ स्मृती भौतिक विज्ञान पुरस्कारबाट स्नातकोत्तरमा बराबर अंक ल्याउने दुईजना विद्यार्थी श्री विवेक आचार्य र श्री अस्मिता शाहलाई प्रदान गरिएको थियो। यसवर्षको प्रा. डा. केदार लाल श्रेष्ठ स्मृति पुरस्कार पि. एच. डी. तर्फ डा. सुरेश बस्नेतलाई प्रदान गरिएको छ।

यस्तै कार्यक्रममा प्रा. डा. भवानी दत्त जोशी, प्रा. डा. वेदराज के. सी., प्रा. डा. उदयराज खनाल, प्रा. डा. इन्द्रबहादुर कार्की, प्रा. डा. भद्र पोख्रेल, प्रा. डा. लोक नारायण झाले कार्यक्रममा बोल्दै कार्यक्रम तथा संस्थाको प्रगतिको कामना गर्नुभएको थियो।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update