Public Pana
बागमतीमा फोहर फाल्न नदिन कडाई गर्नुः शहरी विकास मन्त्री सीता गुरूङ

शहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको फोहोर पानी प्रशोधन प्लान्टको आज निरीक्षण गरेकी छन्।

सो निरीक्षण गर्ने क्रममा वागमतीमा फोहर फाल्न नदिन कडाई गर्ने, नदिलाई सौन्दर्यीकरण गर्न वृक्षारोपण गराउने, नदिका किनारमा रहेका पार्कमा विश्राम स्थलहरू चाँडै निर्माण गर्न, "अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता"लाई निर्देशन दिएका छन्।

मन्त्री गुरूङले शनिबार गुह्श्वरीस्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा निर्देशन दिएकी हुन्।

यो कुरा मन्त्री गुरूङको फेसबक एकाउण्टमा पोष्ट गरेर खुलाएकी हुन्।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update