Public Pana
अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण, अनुहार छाेपेर पुगेकी थिइन्

बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् ।

शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन्

चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियाे। उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ। यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ।

यस मामिलामा राँची सिभिल कोर्टले अभिनेत्रीलाई अदालतमा उपस्थित हुन भनेको थियो तर उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन्। जसकाकारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु परेकाे थियो।

अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ। यस विषयमा अर्को सुनुवाई जुन २१ मा हुनेछ। अदालतले सो समयमा पनि अमिषा पटेललाई  उपस्थित हुन आदेश दिएको छ।

अर्गोरा निवासी अजय कुमार सिंहले नोभेम्बर १७, २०१८ मा सीजेएम अदालतमा सो मुद्धा हालेका थिए। अमिषा पटेलले संगीत बनाउने नाममा अजयकुमार सिंहसँग २.५ करोड भारतीय रुपैयाँ लिएको आरोप छ।

तर, त्यसपछि उनले संगीत निर्माणतर्फ कुनै कदम चालिनन्। यससँगै अमिषा पटेलले फिल्म ‘देस म्याजिक’ बनाउने नाममा अजय सिंहसँग २.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ। सम्झौता अनुसार सन् २०१८ को जुनमा फिल्म रिलिज नभएपछि अजयले पैसा मागेका थिए।

अमिषाको तर्फबाट ढिलाइ गरेपछि अक्टोबर २०१८ मा अजय सिंहलाई २.५ करोड र थप ५० लाख रुपैयाँको गरी दुईवटा चेक दिएका थिए, जुन बाउन्स भएको थियो। त्यसपछि अजय सिंहले अभिनेत्री माथि मुद्दा हालेका हुन्।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update