Public Pana
नेपालमा पहिलो पटक मंकीपक्सवाट ग्रसित बिरामी भेटियो

नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छि। 

केही दिनअघि  नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भए पछि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको ह। 

मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

उक्त विदेशी महिलामा ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनी माथी देखा परेको लक्षण अनुसार संकलन गरिएको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो। 

मकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत बर्ष यसले महामारीकाे रूप लिएकाे थियाे। 

याे राेग मानिस देखी मानिससम्म वा जनावरवाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा  बिफर उन्रमुलन भए लगतै याे नयाँ राेगका रूपमा देखा परेकाे  थियाे।

monkeypox21686991104.jpg

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update