Public Pana
असार ३ देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने

भाेली देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।

बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखी आन्दोलन गर्दै आईरहेको छ।

आन्दोलनकारीहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो मागप्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरेपनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाएपछि परिषद् आन्दोलनमा उत्रिएको हो। 

 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update