Public Pana
‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’: मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन। 
मनमोहन कार्डियोथेरासिकभास्कु लर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्न मणी गजुरेलका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ। ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएको हुदाँ आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराईन्छ।’ 

आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो।

Rastrapati-Ramchandra-upachar21686983863.jpg

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update