Public Pana
अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो'

अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको जानकारी दिएका छन्।

सो बिमान दुर्घटनापछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसबाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन। 

बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन, किनभने उनको प्राण गईरहेको थियो।

बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलवाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहेछिन।’

अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको बिमान दुर्घटना भएको ४० दिनमा फेला पारेपछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो।

उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ। अमेजनको अनकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरुको उपचारपछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन्। 

‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनकण्टार जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’

उनले आफनो प्राण त्याग्नु अघि आफना सन्तानलाई भनेकी रहिछिन, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरुलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरुको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागि छिन,’ उनले भावुक हुदैँ भने।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update