Public Pana
एक्कासी स्वास्थ्यमा समस्या आएपछि   राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् । राष्ट्रपतिमा निर्वाचित भए यता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन ।
आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । उनका स्वकिय सचिव चिरञ्जिबी अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको छ । चिकित्सकको निगरानीमा रहेका पौडेलको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन ।
 
तीन दिन अघि पनि राष्ट्रपति पौडेललाई शहिद गंगालाल हृदय रोग केन्द्र, बाँसवारी लगिएको थियो । मुटुमा समस्या देखा परे पछि गंगालाल लगिएका पौडेलको त्यहाँ दुई दिनसम्म उपचार गरिएको थियो । डिस्चार्ज हुनु अघि सो अस्पतालको निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।
 
गत बैशाख ६ गते उनको नयाँदिल्लीको न्याम्स अस्पतालमा भर्ना गरिएको थियो । दुई सातासम्म नयाँदिल्लीमा उपचार गरेर फर्केका राष्ट्रपति पौडेलको छात्तिमा जमेको पानीमा संक्रमण फैलिएपछि एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको हो । उनले नयाँ दिल्ली जाँदा लागेको खर्च आफैले ब्योर्होनेसमेत जनाएका थिए । 
 
नयाँ दिल्ली जानु अघि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । छात्तिमा संक्रमण देखा परे उनलाई अस्पताल भर्ना गरिएको हो । 
 
सो अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।  त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update